काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको अष्ट्रेलियन एजुकेशन फेयर रोकिएको छ ।
बिना अनुमति फेयर आयोजना गरिएको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आपत्ति जनाएको थियो ।
इक्यानले उक्त फेयर गैरकानुनी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा औपचारिक पत्र पठाउँदै कारबाहीको माग गरेको थियो ।
विभागको निर्देशनपछि एजुकेशन फेयर रोकिएको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।