काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले शानदार अर्धशतक पूरा गरेका छन्।
सोमबार टीयू मैदानमा जारी खेलमा क्यानडाका ओपनरसमेत रहेका युवराजले २३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।
एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका युवराजले छोटो समयमै आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन्। जारी सिजनमा पोखरा एभेन्जर्सका लागि कुनै पनि खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो।
पहिलो विकेटका लागि महेअी असनसँग २७ रनको साझेदारी गरेका युवराजले त्यसपछि कुशल भुर्तेलसँग पनि अर्धशतकीय साझेदारी गर्दै पोखराको इनिङ्सलाई मजबुत बनाइरहेका छन्।