काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।
ओलीले थापाको नेतृत्वमा नेपाली कांग्रेसले नयाँ ऊर्जा, उत्साह र एकतासहित आफूलाई थप सुदृढ र गतिशील बनाउने विश्वास व्यक्त गरेकी छन्।
उनले कांग्रेसको नयाँ यात्रालाई ‘नेपाली कांग्रेस २.०’ को संज्ञा दिँदै यसले नयाँ आशा, सम्भावना र उचाइ हासिल गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेकी छन्।
थापाको नेतृत्वकाल सफल, उपलब्धिमूलक र स्मरणीय रहोस् भन्दै ओलीले आगामी राजनीतिक यात्राका लागि शुभकामना दिएकी छन्।