काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय शैक्षिक परामर्श व्यवसायी महेशबाबु तिमल्सिना सम्मानित भएका छन्। तिमल्सिनालाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड नेपाल–२०२६ अन्तर्गत ‘इन्टरनेसनल एजुकेसन लिडरसिप अवार्ड’ प्रदान गरिएको हो।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तिमल्सिनालाई उक्त अवार्ड प्रदान गरेका हुन्।
अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा करिब २५ वर्षको अनुभव संगालेका तिमल्सिना नेपालबाट विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिने तथा नेपाल र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीचको सम्बन्ध विस्तार गर्ने क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।
उनी कंगारु एजुकेसन फाउन्डेसनमार्फत पनि अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा काम गर्दै आएका छन्। शैक्षिक परामर्श व्यवसायमा लामो समयदेखि सक्रिय तिमल्सिनालाई यस क्षेत्रमा स्थापित व्यवसायीका रूपमा चिनिन्छ।
अवार्ड ग्रहणपछि तिमल्सिनाले आफूले पाएको सम्मानलाई २५ वर्षको यात्राको उपलब्धिका रूपमा लिएको बताए। उनका अनुसार शिक्षा क्षेत्रमा नेतृत्व भनेको पद वा उपाधिभन्दा पनि विद्यार्थीलाई दिइने सल्लाह र त्यसको जिम्मेवारीसँग जोडिएको विषय हो।
उनले आगामी दिनमा पनि नेपाल र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा आफ्नो यात्रालाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
-1789567115.jpg)
-1789567115.jpg)