काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। त्यस्तै, आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्नेछन्। यी दुई टोलीबीचको खेल दिउँसो साढे ४ बजे सुरु हुने तालिका छ।एनपीएलअन्तर्गत दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै आयोजना हुँदैछन्।