काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा सरकारसँग प्रश्न गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत आइजीपीको बर्खास्तीले प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव पार्यो भन्ने प्रश्न उठाएका हुन्। उनले नयाँ आइजीपी नियुक्तिको प्रक्रियामा बिचौलियाको भूमिका थियो कि थिएन भन्ने विषयमा समेत सरकारसँग जवाफ मागेका छन्। उनले प्रश्न गर्दै भनेका छन्, ‘आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आइजीको नियुक्तिमा बिचौलियाले काम गर्यो कि गरेन ?’
सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर मनोज केसीलाई नयाँ आइजीपी नियुक्त गरेपछि उक्त निर्णयलाई लिएर विभिन्न कोणबाट आलोचना र प्रश्न उठिरहेका छन्।