काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले जेभियर इन्टरनेशनल कलेजले आयोजना गर्न लागेको ‘अस्ट्रेलियन एजुकेशन फेयर’ रोक्न वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाएको छ ।
अनुमति बिनै सञ्चालन हुन लागेको सो शैक्षिक मैला रोक्न इक्यानका अध्यक्ष शेषराज भट्टराईले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई अनुरोध गरेका हुन् ।
कलेजहरूले परामर्शदाताको काम गरेर एजुकेशन फेयर आयोजना गर्नु विद्यार्थीहरूको अधिकार र भविष्यसँग खेलवाड गर्नु पूर्ण रूपमा गलत र गैरकानुनी भएको भन्दै तत्काल रोक्न अनुरोध गरेको हो ।
