काठमाडौं। अभिनेत्री रेखा थापा अभिनीत चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र पारिवारिक द्वन्द्वको कथामा आधारित छ।
सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकारसँगै कथाको परिवेशलाई पनि देखाइएको छ। पारिवारिक सम्बन्धभित्र उत्पन्न हुने मतभेद र द्वन्द्वलाई चलचित्रले आफ्नो कथाको आधार बनाएको छ। चलचित्रमा रेखा थापासँगै निरुता सिंह, पुष्प खड्का, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रेखा थापा र निरुता सिंहलाई एउटै चलचित्रमा देख्न पाउनु पनि दर्शकका लागि चासोको विषय बनेको छ। ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउनेछ।