काठमाडौं । देशमा मनसुनी गतिविधि कमजोर हुँदै गए पनि मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। मौसमको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने पहाडी र तराईका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहनुका साथै कतिपय स्थानमा आंशिक बादल लागेको अवस्था छ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। त्यस्तै, आज राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। मौसममा सामान्य परिवर्तन देखिए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको पूर्वानुमानले देखाएको छ।