काठमाडाैँ । चितवनको राप्ती नगरपालिका–१ महादेवटारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार सडकमा पार्किङ गरी राखिएको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा.प्र.०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका–२ निवासी ३० वर्षीय अतिज श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
मोटरसाइकलमा सवार अन्य दुई जना पनि घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।