काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई सिंहदरबार परिसरभित्रै मन्त्रालयको एउटा गाडीले ठक्कर दिएको छ।
शुक्रबार बिहान जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा मन्त्रालयको गाडीले ठक्कर दिँदा उनी भुइँमा लडेकी थिइन्। यद्यपि, आफूलाई कुनै चोटपटक नलागेको गैरेले बताएकी छन्। घटनाबारे जानकारी दिँदै गैरेले सडक पार गरिरहेका बेला गाडीले ठक्कर दिएपछि आफू लडेको तर घाइते नभएको बताइन्। ठक्कर दिने गाडी मन्त्रालयको रहेको उनको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट राष्ट्रिय सभा सदस्य रहेकी गैरेलाई सिंहदरबारजस्तो संवेदनशील प्रशासनिक परिसरभित्रै ठक्कर लागेपछि घटनाबारे चर्चा भएको छ।