काठमाडौं । म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनाले अब विद्युत् उत्पादनको तयारी थालेको छ।आयोजनाका अनुसार बाँध, सुरुङ, डिसेन्डर, स्विचयार्डलगायत संरचनाको परीक्षण सफल भइसकेको छ। दुईवटा २०–२० मेगावाटका युनिटमध्ये एउटा युनिटको परीक्षण पूरा भइसकेको छ भने अर्को युनिटको परीक्षण पनि सुरु गरिएको छ।प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार एक हप्तादेखि १० दिनसम्म परीक्षण गरेपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।आयोजनाको निर्माणमा कोरोना महामारी, बाढी, पहिरो तथा निर्माण सामग्रीको अभावलगायत कारणले लामो समय ढिलाइ भएको थियो। निर्माणका क्रममा ठेकेदारसमेत परिवर्तन गरिएको थियो।राहुघाट आयोजनाबाट वार्षिक करिब २४ करोड ५ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको दाना–कुश्मा २ सय २० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले दुई दशक लामो प्रतीक्षापछि आयोजना सम्पन्न हुनु जिल्लाका लागि उत्साहजनक भएको बताए। उनका अनुसार राहुघाट आयोजना म्याग्दीमा जलविद्युत् विकासको महत्वपूर्ण प्रवेशविन्दुका रूपमा रहेको छ।