काठमाडौं । कोलम्बियामाशक्तिशाली भूकम्पगएको छ । कोलम्बियाली भूगर्भ सर्वेक्षणका अनुसार, स्थानीय समयअनुसार साेमबार बिहान ७:३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यस भूकम्पको केन्द्रविन्दु ९६ किलोमिटर गहिराइमा थियो । राजधानी बोगोटाबाट सयौँ किलोमिटर टाढा महसुस गरिएको थियो ।
अधिकारीहरूका अनुसार, कोलम्बियामा आएको शक्तिशाली भूकम्पले धेरै सहरमा ठूलो क्षति पुर्याएको छ र भवनहरू भत्किएका छन् । चोको राज्यकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाले मानिसहरू घाइते भएको बताएकी छिन्, तर संख्या भने उल्लेख गरेकी छैनन् ।
यो भूकम्प उत्तरी छिमेकी भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको लगभग दुई महिनापछि आएको हो । भेनेजुएलामा गएको भूकम्पमा ६१ सयभन्दा बढीको मृत्यु भएको थियो ।