काठमाडौं। दक्षिण अमेरिकी मुलुक चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अटाकामा मरुभूमि क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि आफ्ना केही गतिविधि रोकिएको जनाएको छ। केही स्थानमा खानेपानी आपूर्तिमा पनि समस्या देखिएको थियो। तर, अन्य मुख्य पूर्वाधारमा भने ठूलो असर परेको छैन।
चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिकार्य सेवाले सुनामीको जोखिम नरहेको तथा घाइते वा गम्भीर क्षतिको कुनै रिपोर्ट नआएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का अरिका, तारापाका, एन्टोफागास्टा र अटाकामा क्षेत्रमा महसुस गरिएको थियो।