काठमाडौं । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो ।
यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केहि घाइते भएका छन् । कम्पनको तीव्रता शहरमा पनि महसुस गरिएकोले स्थानीय बासिन्दा ठूलो डरमा परेका थिए ।
भूकम्पको केन्द्रबिन्दु १८६.४ किलोमिटर गहिराइमा रहेको पाइएको छ । गहिरो केन्द्रबिन्दुका कारण सतहमा व्यापक क्षति सीमित रहन सक्छ भन्ने अनुमान गरिएको भए पनि घर भत्किनु र मानिसहरूको मृत्यु हुनुले घटनाको गम्भीरता देखाउँछ।
यो भूकम्पले स्थानीय बासिन्दाको जीवनमा ठूलो असर पुर्याएको छ । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तत्काल सुरु गरिएको छ ।