काठमाडौं । घुस लिँदै गर्दा अख्तियारको फन्दामा परे प्रहरीका एक सई अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित प्रहरी नायब निरीक्षक (सई) दिनेश रावतलाई रंगेहात पक्राउ गरेको छ।
रावत प्रहरी वृत्त मालिगाउँमा कार्यरत थिए ।उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउने भन्दै सो रकम घुस लिएको आरोप छ।
उनीलाई गहनापोखरीस्थित ग्रीनस्टार क्याफेबाट साँझ करिब ५ बजे घुस रकमसहित नियन्त्रणमा लिइएको हो। अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।