काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दुई सय नौ जनाका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
आवेदनमा सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदमा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका नेपाली नागरिकले पुष ११ गतेदेखि माघ ११ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ १२ गतेदेखि माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
