काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले वैदेशिक शिक्षा क्षेत्रमा देखिएका प्रमुख समस्या, चुनौती तथा आवश्यक सुधारका विषयमा आज शिक्षामन्त्रालय पुगेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ।
सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटमा इक्यान प्रतिनिधि टोलीले विशेषगरी नविकरण शुल्क ३ हजारबाट एकैपटक २० हजार रूपैयाँ पुर्याइएको भुक्तानी दर असान्दर्भिक भएकाले सो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
इक्यानले उक्त अकस्मात् वृद्धि निकै भार पर्ने तथा शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूको सञ्चालन, क्षेत्रको व्यवस्थित विकास र विद्यार्थी–अभिमुख सेवामा प्रत्यक्ष असर पर्न सक्ने ईक्यानले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
शैक्षिक परामर्श संस्थाको नवीकरण खुला, समयमै नगरे अनुमति स्वतः खारेज हुने