काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले शैक्षिक परामर्श सेवा, पूर्व–तयारी कक्षा तथा भाषा शिक्षण सञ्चालन गर्दै आएका संस्थाहरूलाई आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण गर्न सूचना प्रकाशित गरेको छ।
मन्त्रालयले २०७३ को शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिकाअनुसार प्रत्येक वर्ष नवीकरण अनिवार्य रहने उल्लेख गर्दै तोकिएको समयसीमा भित्र नवीकरण नगर्ने संस्थाहरूलाई सेवा अनुमति स्वतः खारेज हुने चेतावनी पनि दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर करिब ७२० परामर्श संस्थाहरू रहेका छन् । मन्त्रालयले ती संस्थालाई मंसिर १५ गतेभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।

