काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ । गृह मन्त्रालयमा सोमबार बसेको बैठकले विनोद घिमिरे, दिलिप सिंह देउवा र दिपक कुमार बस्नेतको सरुवा भएको हो ।
घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, देउवालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र बस्नेतलाई अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।
