धनगढी। सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा कैलालीका एक व्यवसायी पक्राउ परेका छन् । जिल्लाको गोदापरी नगरपालिकाको अत्तरियामा व्यवसायी गर्दै आएका ज्ञानेन्द्र खड्कालाई आइतबार इलाका प्रहरी कार्यालय मालाखेतिको टोलीले पक्राउ गरेको हो ।
भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँग खड्काको सम्पर्क पुष्टि भएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।यही क्रममा धनगढीका दुई सुनचाँदी व्यवसायीलाई समेत नियन्त्रणमा लिइएको छ, तर उनीहरूको नाम अहिलेसम्म प्रहरीले गोप्य राखेको छ ।
व्यवसायी खड्का इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुखसँग नजिक हुने गरेका थिए । तर अहिले मालाखेतिका प्रहरी प्रमुखको सरुवा भएको मौका छोपि कैलाली प्रहरीले खड्कालाई पक्राउ गर्न सफल भएको हो ।