काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुवास लावती पक्राउ परेका छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय लावतीलाई एनसिबि अबुधाबी युएईको समन्वयमा पक्राउ गरी बिहीबार नेपाल फिर्ता ल्याइएको हो।
लावतीले पीडितलाई सर्बिया पठाएर आकर्षक तलब दिलाउने प्रलोभन देखाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ ठगी गरेको आरोप छ। रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई खोजतलास गर्न नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८२ साउन २६ गते रेड नोटिस जारी गरेको थियो।
पक्राउ परेका लावतीलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, तहाचल बुझाइएको छ।