काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ। रूपन्देहीको एक क्यासिनो र कास्कीको एक खाजा घरबाट उनीहरूलाई नगद र अन्य सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरी समाचार कक्षले जनाएको छ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सिद्धार्थनगर–६ गल्लामण्डी बस्ने २२ वर्षीय अभय कुमार गुप्तासहित अन्य रहेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई मंगलबार राति रङ्गेहात फेला पारेको हो। प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५ सय रूपैयाँ, ५० थान क्यासिनो क्वाइन, मोबाइल १७ थान बरामद गरेको छ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलास्थित ईट जोन खाजा घरमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५१ वर्षीय संचालक चित्र बहादुर रानाभाटसहित अन्य व्यक्तिहरू रहेका छन्।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ७७ हजार १ सय ८० रूपैयाँ नगद र ८ सय ९९ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
दशैँको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ । दीपक–दीपाको अघिल्ला फिल्महरू झैँ यसले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।