ललितपुर । ललितपुर महानगरपालिका–४ बागडोलमा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
बागडोल बस्ने ४५ वर्षीय बिश्वराज थापाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले उनीहरूलाई बुधबार दिउँसो रङ्गेहात पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा घरधनी विश्वराज थापासहित ५ जना रहेका छन्। प्रहरीले जुवाको खालबाट नगद ४४ हजार ४ सय ६५ रूपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।