वीरगंज । पर्सामा ५ वर्षअघि भएको एक वृद्धको हत्यामा संलग्न रहेको अभियोगमा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। वीरगंज महानगरपालिका–२७ बस्ने ५० वर्षीया जगमती देवी कोईरी र ३२ वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
२०७६ साउन ३१ गते वीरगंज महानगरपालिका–२७ जसौली बस्ने ७० वर्षीय महिन्द्र महतो कोईरीको हत्या भएको थियो। उक्त हत्याको घटनापछि जगमती देवी र जितेन्द्र प्रसाद फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मा मुद्दा चलाउन जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।