झिमरुक– प्यूठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पु¥याउन नगरपालिकाले पाँचाैँ नगरसभाबाट यो निर्णय पारित गरेको हो।
नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान, उपचार तथा सचेतना जगाउने उद्देश्यसहित यो निर्णय गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिएका छन्। नगरका १० वटै वडामा यो कार्यक्रम गत साउनबाट शुरु गरिएको छ। नगरपालिकाले यो कार्यक्रममार्फत नगरपालिकामा कस्ता खालका बिरामी छन् भन्ने थाहाभएकोे नगरप्रमुख कक्षपतिले बताए।
स्वास्थ्य अवस्थाको स्थिति, तथ्याङ्क सङ्कलन, जनताको अवस्था पत्ता लगाउँदै आएको उनले जानकारी दिए। नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्याएको छ। स्वास्थ्यको पहुँच वृद्धि गर्न, निजीमा उपचार गराउने बिरामीलाई निःशुल्क औषधिका बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हुँदै गएको उनले बताएका छन्।
छ महिनामा आठ हजारलाई स्वास्थ्य सेवा
चालू आवको पुस मसान्त अर्थात् छ महिनाको अवधिमा आठ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख गोविन्द घिमिरेले बताएका छन्।
जसमा महिला चार हजार आठ सय २५ रहेको छ भने तीन हजार तीन सय ७६ पुरुषको स्वास्थ्य जाँच गरिएको छ। ज्येष्ठ नागरिकलाई विकासको अनुभूति दिलाउन नगरपालिकाले यो कार्यक्रम शुरु गरेको नगरप्रमुख कक्षपतिले बताए।
क्षयरोगका बिरामी बढी
वडा नं ३ मा क्षयरोगका बिरामी बढी रहेका एक तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष ०७५्७६ मा यस वडामा ३४ क्षयरोगका बिरामी भेटिएका नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख घिमिरेले बताएका छन्।
औषधि पूरा नखाने, सरसफाइको कमी, खानपानको समस्या लगायतले गर्दा क्षयरोगका बिरामी बढेका उनले बताए। घरमै दिने सेवाले यस्ता रोगको कमी ल्याउन मद्दत पुग्ने विश्वास लिएको उनले बताएका छन्।