हुम्ला– हिमपातका कारण हुम्लामा अत्याधिक चिसा बढेको छ। हुम्लाको चंखेली गाउँपालिकामा रुघाखोकीको संक्रमणबाट ५ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए।
रुघाकोखीको संक्रमण भएका व्यक्तिलाई खुवाउने सिटामोल समेत नभएपछि ५ जनाको मृत्यु भएको हमालले बताए। प्रमूख जिल्ला अधिकारी हमालले ‘माघमा हुम्लामा ५ जनाको रुघाकोखीको कारणले मृत्यु भएको जानकारी दिए।
रुघाकोखी तथा ज्वरोको औषधिसमेत नपाएर मानिसको मृत्यु भएपपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशलाई पनि औषधि पठाउन आग्रह गरेको हमालले बताए।
चंखेली गाउँपालिकामा रुघाखोकी र भाइरस ज्वरोको संक्रमण बढेपछि जिल्ला सदरमुकामबाट स्वास्थ्यमर्कीको टोली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए ।