काठमाडौं– दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बैंकिङ कसूरमा अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए।
पोखराको गैह्रापाटनबाट मिलन पक्राउ परेका हुन्।मनाङ्गेलाई मिलनमाथि कुटपिटको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको थियो।
ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा उनी पक्राउ परेका हुन्।