काठमाडौं ।अष्ट्रेलियाले विभिन्न प्रकारका भिसाको आवेदन शुल्कमा वृद्धि गरेको छ।
सन् २०२६ नोभेम्बर २८ देखि लागू हुने नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसा, विद्यार्थी अभिभावक, अस्थायी ग्राजुएट तथा पारिवारिक भिसाको शुल्क बढाइएको छ।नयाँ शुल्कअनुसार सबक्लास ५०० अन्तर्गतको विद्यार्थी भिसाका लागि अस्ट्रेलियाभित्रै (Onshore) बाट आवेदन दिँदा अब ४ हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ। यसअघि उक्त शुल्क २ हजार ५ सय डलर थियो। त्यस्तै, अस्ट्रेलियाबाहिरबाट (Offshore) आवेदन दिने विद्यार्थीका लागि भने शुल्क २ हजार ५ सय डलर नै कायम राखिएको छ।
त्यसैगरी, सबक्लास ५९० अन्तर्गत विद्यार्थी अभिभावक भिसाको शुल्क पनि अनशोर आवेदनका लागि २ हजार ५ सय डलरबाट बढाएर ४ हजार डलर पुर्याइएको छ।सबक्लास ४८५ अन्तर्गतको अस्थायी ग्राजुएट भिसाको शुल्क ५ हजार ७ सय ५० डलरबाट बढाएर ७ हजार २ सय ५० डलर कायम गरिएको छ। त्यस्तै, पार्टनर भिसा (सबक्लास ८२०/८०१) को शुल्क ११ हजार ७ सय १० डलरबाट बढाएर १३ हजार २ सय १० डलर पुर्याइएको छ।
यसैगरी, एज्ड पेरेन्ट भिसाको शुल्क ६ हजार ६ सयबाट बढेर ८ हजार १ सय डलर पुगेको छ भने चाइल्ड भिसाको शुल्क ४ हजार ४० बाट बढाएर ५ हजार ५ सय ४० डलर कायम गरिएको छ।नयाँ शुल्क सबै प्राथमिक आवेदकको पहिलो किस्ताका लागि लागू हुने जनाइएको छ। शुल्क अष्ट्रेलियन डलरमा उल्लेख गरिएको हो। छुट तथा अन्य अतिरिक्त शुल्क लागू हुन सक्ने व्यवस्था पनि रहेको छ।