काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेबीच शुक्रबार भेट भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा देशको पछिल्लो राजनीतिक तथा समसामयिक अवस्थाबारे कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ।लामिछानेले यसअघि बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट गरेका थिए। उक्त भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणलगायतका विषयमा छलफल भएको बताइएको थियो।प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै लामिछानेले राष्ट्रपतिसँग भेट गरेका हुन्। भेटमा भएका छलफलका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।