काठमाडौं ।गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा मंगलबार बिहानै आएको तीव्र हावाहुरीले विद्यालय तथा स्थानीयका घर र गोठमा क्षति पुर्याएको छ ।
हावाहुरीका कारण सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडेको छ । विद्यालयमा लगाइएको जस्तापाता हावाले उडाएर क्षति पुर्याएको स्थानीयले बताएका छन् ।स्थानीय शिक्षिका सपना गुरुङका अनुसार हुरीले कच्ची संरचनामा रहेका केही घर तथा गोठका छानासमेत उडाएको छ । हावाहुरीका कारण जङ्गलका पातपतिङ्गर उडेर गाउँका विभिन्न स्थानमा थुप्रिएका छन् ।
अचम्मको कुरा त हावाहुरी चलिरहँदा पनि आकाश भने खुला रहेको र घाम लागिरहेको शिक्षिका गुरुङले बताएकी छन् । उनका अनुसार आकाशमा बादल नलागे पनि गाउँमा हावाको वेग निरन्तर जारी छ ।