काठमाडौं ।काठमाडौं उपत्यकामा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा ११५ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा ११४ जना पुरुष र एक जना महिला रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रोमश्वर कार्कीका अनुसार सार्वजनिक यातायातमा यात्रुको खल्ती काट्ने, यात्रुलाई अनावश्यक दुःख दिने तथा लागुऔषध सेवन गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी शुक्रबार बिहानदेखि अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा पक्राउ परेका केही व्यक्तिको साथबाट प्रतिबन्धित औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूको प्रारम्भिक जाँच तथा स्क्रिनिङ गरी आवश्यक अनुसन्धान अघि बढाइने र संलग्नता पुष्टि भएका व्यक्तिमाथि कानुनी प्रक्रिया अगाडि बढाइने एसपी कार्कीले बताए।