काठमाडौं । फिजी भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल अस्ट्रेलिया भ्रमणमा जाने भएका छन्।
उनको अस्ट्रेलिया भ्रमणका क्रममा अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ। भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयका साथै द्विपक्षीय सहकार्य र आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, सहकार्यका सम्भावना तथा साझा चासोका विषयलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।