काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण गराएर अस्पतालबाट घर फर्किएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गराएपछि उनलाई डिस्चार्ज गरिएको हो । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा कुनै समस्या देखिएर अस्पताल भर्ना गरिएको होइन । उनले सामान्य रूपमा ओपीडीमार्फत स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणका क्रममा उनको ईसीजी र एमआरआईसमेत गरिएको अस्पतालले जनाएको छ । नियमित जाँच सम्पन्न भएपछि उनलाई डिस्चार्ज गरिएको हो ।