रौतहटको गढीमाई नगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको नगरस्तरीय राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ।
पार्टीका स्थायी कमिटी सदस्य एवं महिला नेतृ कमरेड कल्याणी खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा केन्द्रीय सदस्य कमरेड महेन्द्र चौलागाईको विशेष उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता नगर संयोजक एवं गढीमाई नगरपालिका वडा नं. १ का अध्यक्ष रामपुकार यादवले गरेका थिए।
कार्यक्रममा नगर सह–संयोजक, विभिन्न वडाका अध्यक्ष, जिल्ला तथा नगर कमिटीका पदाधिकारी, सदस्य एवं नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ