काठमाडौँ । अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर रहेका छन्।
प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–७ को कच्ची सडकमा बुधबार राति सामान बोकेको ट्याक्टर गुडिरहेका बेला घर्तीमगर ट्रलीबाट खसेका थिए। उकालो सडकमा ट्याक्टर अघि बढिरहेका क्रममा खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा कर्णाली प्रदेश ०२–००१ त ०२३१ नम्बरको ट्याक्टर संलग्न रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्याक्टर चालक भने फरार रहेका छन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।