काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा सुक्खा पहिरो खस्दा घर पुरिएर एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब साढे ५ बजे ढुङ्गा–माटोसहितको सुक्खा पहिरो खस्दा घरभित्र रहेका ६५ वर्षीय आत्माराम आचार्य च्यापिएका थिए। घटनापछि उद्धार गरिएका आचार्यलाई थप उपचारका लागि म्याग्दीस्थित बेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पहिरोमा परी उनको आँखामाथिको भाग र टाउकोमा चोट लागेको छ। प्रहरीका अनुसार आचार्यको स्वास्थ्य अवस्था मध्यम रहेको छ।