काठमाडौं ।सुर्खेतको चौकुने गाउँपालिकामा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चौकुने गाउँपालिका–५, रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटा रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार आज बिहान करिब १०ः२० बजे चन्द्रामाथि उनका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले फरुवाले टाउकोमा प्रहार गरेका थिए।प्रहरीका अनुसार गम्भीर चोट लागेपछि चन्द्राको घटनास्थलमै मृत्यु भएको हो।घटनापछि स्थानीयवासीले गोपीरामलाई नियन्त्रणमा लिएर राखेका छन्। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ।