काठमाडौं ।नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मोरङ र कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–११, तीनमुढेका ६० वर्षीय अलकछन माझी चौधरीलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। आइतबार दिउँसो इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।त्यस्तै, कैलालीको गोदावरी नगरपालिका–९ का ४५ वर्षीय नवीन चौधरी उर्फ झेलुलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। आइतबार साँझ इलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको प्रहरी टोलीले उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। दुवै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।