काठमाडौं ।सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।
उनीहरू वीरेन्द्रनगर नगरपालिका–११ स्थित पिपिरामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त सिभिल टोलीले जुवा खेलिरहेको स्थानमा छापा मारेको थियो।छापा मार्ने क्रममा पक्राउ परेका सात जनाको साथबाट एक लाख ९७ हजार २ सय २० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराले जानकारी दिएका छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।