काठमाडौं ।सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
प्रहरीले करिब २० क्विन्टल गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार बिहान फत्तेपुरमा भोला सदा र मङ्गल मुखियाको घरमा खानतलासी गरेको थियो । त्यसक्रममा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद भएको हो ।नियमित गस्तीका क्रममा प्राप्त सूचनाका आधारमा घरमा तलासी गरिएको बताइएको छ । पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।