काठमाडौं ।प्रहरीले धनुषाधाम नगरपालिका–९ बाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय नितिश कुमार महतो र १६ वर्षीय धर्मनाथ साफी रहेका छन्।उनीहरूलाई जाँच गर्ने क्रममा प्रहरीले २७ ग्राम ९ सय १० मिलिग्राम खैरो हेरोइन फेला पारेको जनाएको छ।लागुऔषधसहित पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।