काठमाडौं ।काठमाडौंको भेडासिंहबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास रहेका छन्। उनको साथबाट १ किलो ४ सय ग्राम सुन तथा विभिन्न गहना बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद सुन अवैध रूपमा ल्याइएको देखिएको छ। दासको साथबाट ७ लाख ५० हजार रुपैयाँ नगद समेत फेला परेको छ।माणिक दासले भेडासिंह क्षेत्रमा टञ्च हाउस सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।