काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन्।
बिहीबार अपराह्न नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा अर्थमन्त्री वाग्ले र सीतारमणबिच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल र भारत सरकारका विभिन्न प्रतिनिधिमण्डलका सदस्यसमेत सहभागी थिए।