काठमाडौं । नेकपा एमालेबाट मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ।
रौतहट क्षेत्र नम्बर ३ बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य रहेकी खातुनको बुधबार राति वीरगन्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनलाई बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगन्ज लगिएको थियो। अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिएका छन्। खातुन मधेस प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फको सांसदका रूपमा प्रतिनिधित्व गर्दै आएकी थिइन्।