काठमाडाैँ । पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा एक नेपाली युवक पक्राउ परेका छन्।
घटनामा २७ वर्षीय सन्दीप अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको हो। समाचार संस्था द अस्ट्रेलिया टुडेका अनुसार अधिकारीविरुद्ध सोही आरोपमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। मंगलबार दिउँसो करिब २ बजेतिर अर्बनस्थित नर्मनबी रोडमा ड्राइभवेमा खेलिरहेकी बालिकालाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनलाई तत्काल वेस्टमिड अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा केही घण्टापछि उनको मृत्यु भएको जनाइएको छ। घटनापछि अधिकारीलाई पनि आवश्यक परीक्षणका लागि अर्बन अस्पताल लगिएको थियो। उनलाई कुनै चोटपटक भने नलागेको बताइएको छ। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो।
घटनाको २४ घण्टाभन्दा कम समयमै अधिकारी बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए। अदालतमा उनले आफूविरुद्धको आरोप स्वीकार वा अस्वीकार गरेको प्रतिक्रिया दिएका छैनन्। अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गर्दा अधिकारीले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए। उनका वकिल ड्यानी इडले घटना निकै दुःखद भएको बताउँदै अधिकारी परिवारको अवस्थालाई लिएर चिन्तित रहेको उल्लेख गरेका छन्। अधिकारी हाल जमानतमा रहेको र आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लगाइएको आरोप