काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ।
आगलागीका कारण फाँटमा रहेका टेबल, कुर्सीसहित तीनवटा कम्प्युटरमा क्षति पुगेको अदालतले जनाएको छ।अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कार्यालय बन्द रहेको समयमा आगलागी भएकाले घटनाबारे बिहान कार्यालय खोल्दा मात्रै जानकारी भएको हो। ढोका बन्द अवस्थामा रहेकाले आगलागी भएको विषय राति नै थाहा हुन नसकेको उनले बताए।
उनका अनुसार आगलागीबाट केही भौतिक सामग्रीमा क्षति पुगे पनि महत्वपूर्ण मुद्दाका मिसिल तथा फाइलहरू भने सुरक्षित छन्।२०८२ भदौ २४ गते भएको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन तथा निर्माणाधीन नयाँ भवनबाट सेवा सञ्चालन गर्दै आएको छ। हाल निर्माणाधीन भवनको एक भागबाट इजलास तथा प्रशासनिक काम भइरहेको छ।