काठमाडौं ।रसुवामा आएको बाढीका कारण घाइते भएका आठ जनाको काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता तथा वरिष्ठ न्यूरो सर्जन डा। गोपाल सेढाईँका अनुसार बाढीपछि उपचारका लागि अस्पताल ल्याइएका ८३ घाइतेमध्ये हाल आठ जना अस्पतालमै उपचाररत छन्।उपचार गराइरहेकामा मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ र चण्डिका श्रेष्ठ रहेका छन्।अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये ६९ जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन्। अस्पतालका अनुसार उपचारका क्रममा एक जना घाइतेको भने मृत्यु भएको छ।बाढीमा परी घाइते भएकाहरूलाई विभिन्न चरणमा काठमाडौं ल्याएर उपचार गरिएको अस्पतालले जनाएको छ।