काठमाडौं ।न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतमा नियुक्तिका लागि तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।
सिफारिस सूचीमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल पनि परेका छन्। उनलाई उच्च अदालतको न्यायाधीशका रूपमा सिफारिस गरिएको हो।त्यसैगरी कास्की जिल्ला अदालतमा कार्यरत न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुरका लागि सिफारिस गरिएको छ। फैसला कार्यान्वयन महानिर्देशनालयमा कार्यरत गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशका लागि सिफारिस गरिएको बैठकले जनाएको छ।बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा नियुक्तिका लागि समेत सिफारिस गरेको छ।