काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सोमबार सशस्त्र प्रहरी बलको हलचोकस्थित प्रधान कार्यालयको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा गृहसचिव शर्माले सशस्त्र प्रहरीको समग्र कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र परिचालनको अवस्थाबारे जानकारी लिएका थिए। उनले विपद् व्यवस्थापनका लागि संगठनले गरिरहेको तयारीबारे समेत अधिकारीहरूसँग छलफल गरेका छन्।
प्रधान कार्यालयको निरीक्षणपछि शर्माले सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए। सो क्रममा उनले संगठनको कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।